जनता समाजवादीका नेताले भेटे सभामुख सापकोटालाई

Sabhamukh vet

काठमाडौं । बुधबार मध्यराती पार्टी एकता गरेर बनेको जनता समाजवादी पार्टीका नेताहरुले सभामुखलाई औपचारिक जानकारी दिएका छन् ।

समाजवादी पार्टी र राजपाबीच एकता भएपछि सो दलका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई बिहबिार जानकारी दिएका हुन् । उनीहरु निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नेताहरू सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए ।

सभामुखलाई पार्टी एकताको जानकारी दिनका लागि नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायत सिंहदरबार पुगेका थिए। संघीय संसद प्रतिनिधिसभामा राजपा र समाजवादीका १७/१७ जना सांसद छन् ।

संसदमा छुट्टाछुट्टै कार्यालय रहेका समाजवादी र राजपाका कार्यालयदेखि अन्य व्यवस्था अब एकीकृत हुनेछन् । संसद बैठकमा पनि बस्ने ठाउँ अब एउटै हुने भएको छ । एकता प्रक्रिया निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि टुंगिने छ। त्यसपछि आयोगले संसदलाई जानकारी दिएपछि सभामुख र सचिवालयले अन्य व्यवस्था गर्नेछ ।

पार्टी एकता भएको जानकारी संघीय संसद सचिवालयलाई पत्र लेखेर गरिएको छ । सो पत्र राजपा अध्यक्ष मण्डलका सदस्य रहेका राजेन्द्र महतोले कार्यवाहक महासचिव गोपालनाथ योगीलाई बुझाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...