आज दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने

Weather nepal

काठमाडौं । बिहीबार पनि पहाडी क्षेत्रका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको छ ।
मौसमविद्हरुका अनुसार बताएका छन् ।

स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । प्रिमनसुनी अर्थात् मनसुनअघिको गतिविधि सक्रिय भएकाले दिउँसोपछि पानी पर्नेछ ।

शुक्रबार पश्चिम तथा मध्य र पूर्वका केही ठाउँमा पानी पर्नेछ । शनिबार भने अलि थोरै पानी पर्ने अनुमान छ । प्रिमनसुन चलिरहेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्नु स्वभाविक भएको मौसमविद् अर्यालको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...