आज आमाको मुख हेरेर मातातीर्थ औसी मनाइँदै

Aama pratik

काठमाडौं । आज वैशाख कृष्ण पक्ष औँसीका दिन । जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व देशभर मनाइँदैछ ।

लकडाउनका कारण विवाह भइसकेका वा घरभन्दा बाहिर रहेकाहरुले भने आज फोनबाटै आमासँग कुरा गर्न बाध्य छन् ।

आमाको मुख हेर्ने औँसीसमेत भनिने आजको दिन दिवङ्गत आमाको सम्झनामा काठमाडौंको मातातीर्थमा मेला लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भएको लकडाउनको कारण स्थगित गरिएको छ ।

यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । नगरपालिकाको सूचनाको अवज्ञा गरेमा अनुगमनमा खटिएका कर्मचारीले स्थलगत रुपमा सय रुपैयाँ जरिबाना गर्ने जनाइएको छ ।

छोराछोरीले आज बिहानै उठी आफ्नी आमालाई राम्राराम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिइ आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवङ्गत आमा र आमाले गरेका कष्टकर काम सम्झने गर्दछन् ।

घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवङ्गत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...