२० जनाको नेताको पत्रले ओली प्रचण्डलाई पार्‍यो संकट, कहिले बस्दा त बैठक ?

Prachanda oli 11

काठमाडौं । बुधबार बिहान नेकपाको स्थापना दिवसको शुभकामना दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लााई २० जना प्रभावशाली नेताहरुले तत्काल स्थायी समिति र केन्द्रीय समिति बैठक बसाल्न माग गरेपछि नेकपाभित्रको राजनीति निक्कै तातिएको छ ।

२० स्थायी कमिटिका सदस्यहरुले लेखेको पत्रमा ‘देश र जनता सामु आएको कोरोना भाइरस संक्रमणको गम्भीर स्वास्थ्य संकट र त्यसबाट सिर्जित समस्याहरु तथा नेपालको राजनीतिक प्रणाली तथा संविधानको मर्ममा असर पार्ने कानुन संशोधन गर्ने अध्यादेश जस्तो संवदेनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल गरिनु पर्दछ । यसका लागि स्थायी कमिटीको बैठक तत्काल बोलाइयोस् भनी माग गर्दछौं,’ भनिएको छ ।

सरकारले नै कोरोना भाइरसका कारण २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी प्रतिवन्ध लगाएको छ । त्यसमा पनि लकडाउनका कारण तत्काल केन्द्रिय समितिको बैठक बस्न सक्ने अवस्था छैन । तर २० जना स्थायी कमिटिका सदस्यहरुले सरकारले ल्याएको अध्यादेश र कोरोना संक्रमणको विषयमा छलफल गर्न माग गर्दै बैठक बोलाउन माग गरेका हुन् ।

पार्टीको सामूहिक विवेक, बुद्धि र शक्ति लगाएर समस्याको समाधानलाई सहज तुल्याउने एवं पार्टीप्रतिको जनविश्वासलाई बलियो बनाउनेतर्फ नेतृत्वबाट पहल हुने उनीहरुले अपेक्षा गरेका छन् ।

यसरी बैठक बोलाउन माग गर्नेहरुमा अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोल गजुरेल छन् ।

उनहिरुको पत्रमा थप लेखिएको छ, ‘स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्प गरियोस् भन्नेमा जोड दिन चाहन्छौं ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...