एकतासँगै राजपा र समाजवादीमा तीव्र असन्तुष्टि, नयाँ पार्टी बनाउने चल्यो होडबाजी

समाजवादीबाट रेणु यादव र राजपाबाट अनिल झा र राजकिशोर यादवले छुट्टै पार्टी बनाउने

Rajapa fut

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएकै दिन समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बन्ने भएको छ ।

यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले बिहबिार नयाँ पार्टी घोषणा गर्ने निर्णय गरेका छन् ।

अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका थिए । समाजवादी पार्टीबाट असन्तुष्ट पक्षले बिहीबार नै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन् ।

नयाँ एकीकृत पार्टी जनता समाजवादी पार्टी निर्वाचन आयोगमा पहिले दर्ता भयो भने समाजवादी फुटाएर सात सांसदले बनाउने अर्को नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता हुने छैन । नेकपाको सरकारले रेणु यादव नेतृत्वका सांसदलाई साथ दिने भएकाले उनीहरूकै पार्टी निर्वाचन आयोगमा दर्ता हुनसक्ने अनुमान गरिउको छ ।

मध्यरातमा समाजवादी पार्टी र राजपाले पार्टी एकीकरणको घोषणा गरेका छन् । दुवै पार्टी एक भएपछि सात सांसदले मात्र एकीकृत पार्टीको संसदीय दलको ४० प्रतिशत पुग्ने छैन ।

यता बुधबार अबेर समाजवादी र राजपा नेपालबीच एकीकरण गर्ने सहमति भएपछि राजपामा असन्तुष्टि देखिएको छ । राजपाका अनिल कुमार झा र राजकिशोर यादवले छुट्टै पार्टी बनाउने तयारी थालेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...