मध्य रातमा राजपा र समाजवादी पार्टीबीच एकता, पार्टीको नाम जनता समाजवादी पार्टी रहने

Rajapa ekata

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार मात्रै दल विभाजनमा खोकुलो प्रावधान ल्याएको दुई दिन नबित्दै दुई दलबीच एकता भएको छ ।

बुधबार राती राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ । लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको छ ।

यी दुई पार्टीबीच एकता गर्ने सहमति अनुसार केन्द्रदेखि तलसम्म समानताका आधारमा हसनेछ । अहिले समाजवादी पार्टीमा दुई अध्यक्ष छन् भने राजपमा दुई दुई महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुने गरेको छ ।

राजपाका तर्फबाट महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । समाजवादीका तफृबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

दुई पार्टी मिलेर बनेका जनता समाजवादी पार्टीको चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको चुनाव चिन्ह र झण्डा भने समाजवादी पार्टीले प्रयोग गर्दै आएकोलाई मान्ने सहमति पत्रमा उल्लेख गरिएको छ । सो सहमति पत्रमा चाँडै बैकल्पिक राजनीतिक शक्ति बन्ने दावी गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...