धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चले दियो ट्राफिकलाई सुरक्षा सामग्री

Chitwan help news

चितवन । धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई बुधबार स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।

मञ्चको प्रथम परिकल्पना दिवसको अवसरमा कोभिड –१९ नियन्त्रण रोकथामका विधि साथै स्वास्थ्य सजगता विषय छलफल परेको छ ।

सोही कार्यक्रममा मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माले बाग्लुङ ज्वेलर्स चितवनको समेत सहयोगमा बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई २ थान विद्युतीय स्प्रेयर र ३ लिटर भाइरस किलर केमिकल हस्तान्तरण गरे ।

सो अवसरमा प्रहरी उपरीक्षक रानाभाट, मञ्चका महासचिव अमिर रामदाम, सचिव अमिर सुनार लगायतले लकडाउनका बेला आफैँ सुरक्षित भएर कोरोना भाइरसविरुद्ध लड्नुपर्नेमा जोड दिए ।

धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च पुर्ख्यौली थलो धौलागिरी अञ्चल क्षेत्रभित्र पर्ने विभिन्न भूभागबाट बसाई सराई हाल चितवनमा बस्दै आएका विश्वकर्मा समुदायको साझा संस्था हो ।

यो एकआपसमा परिचय गराउने, सम्पर्क बढाउने, भाइचाराको सम्बन्ध स्थापित गर्ने र दलित आन्दोलनको शिखर पुरूष स्व. भगत सर्वजित विश्वकर्माको इतिहासलाई खोज, अध्ययन, प्रवर्द्धन र संरक्षणका लागी गठित संस्था हो । ‘भगत सर्वजितले देखाएको शिक्षित बनौं, संगठित होऔं र संघर्ष गरौं’ भन्ने नारालाई व्यवहारत लागू गर्दै २०७६ वैशाख ९ गते मञ्चको परिकल्पना गरिएको थियो ।

प्रतिकृया दिनुहोस