धनकुटा उद्योग बाणिज्य संघद्धारा सहिदभूमीका जनप्रतिनिधिसँग छलफल

Dkt 10

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले सहिदभुमी गाउँपालिकामा निर्माण भएको क्वारेन्टाइन स्थलको अवलोकन गरेको छ ।

संघका पदाधिकारीहरुले लकडाउनको समयमा दैनिक उपभोग्य सामग्रीहरुको आपूर्ती र स्थानीय स्तरमा उत्पादिन भएका तरकारी तथा फलफुल निर्यातको विषयमा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ ।

सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, इलाका प्रहरी कार्यालय छिन्ताङका प्रहरी निरिक्षक नारायणप्रसाद गौतम, वडा नं. ४ का वडाध्यक्ष भुपेन्द्र राई, वडा नं. ६ का वडा हेमकुमार राई लगायतसँग छलफल गरी सहिदभूमी गाउँपालिकाकाभित्र दैनिक उपभोग्य सामग्रीको ढुवानी व्यवस्थान र स्थानीयस्तरमा उत्पादिन तरकारी तथा फलफुलहरुको निर्यात गर्ने विषयमा छलफल गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले दैनिक उपभोग्य सामग्रीहरु ढुवानी गर्न र स्थानीय स्तरमा उत्पादिन वस्तु तथा सामग्रीहरु निर्यात गर्न संघले सहजीकरण गर्ने बताए ।

सो अवसरमा सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राईले सहिदभूमी गाउँपालिकामा दैनिक उपभोग्य सामग्री र अत्यावाश्यक समाग्रीहरु सहज रुपमा उपलब्ध भइरहेको बताए ।

सहिदभुमी गाउँपालिकाभित्रका बजार अनुगमनमा संघका अध्यक्ष विजय सन्तोषी राई, महासचिव रामबहादुर गोङ्वा तामाङ, सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायत सहभागी थिए ।

धनकुटा उद्योग बाणिज्य संघ र सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई सहितको टोलीले गाउँपालिकाको थलथले बजारमा १६ बेड सहितको स्थापना गरेको क्वारेनटाईनको अवोलकन गरी हेण्डवास, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरे । त्यसैगरी संघले सहिदभूमी गाउँपालिका कार्यालयमा र इलाका प्रहरी चौकी छिन्ताङ कार्यालयलाई हेण्डवास, सेनिटाईजर, मास्क लगायतका स्वास्थ्य समाग्रीहरु प्रदान गरेको कोषाध्यष रुपेश श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...