नेपालमा फेरि थपियो कोरोना संक्रमितको संख्या

Bhulke corona

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा उदयपुरका तीनजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो ।

बीपी प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण गर्दा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुषमा कोरोना देखिएको हो । संक्रमित हुनेहरू उदयपुरको भुल्केका हुन् । यससँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ ।

त्रियुगा नगरपालिका–३ भुल्केमा एकै परिवारका पाँचजनामा कोरोना भाइरस संक्रमित भएको पाइएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको ११ जनामध्ये पाँचजना एकै परिवारको भएको पाइएको हो ।

संक्रमितमध्ये १८ वर्षीय छोरा भारतको उत्तर प्रदेशमा उर्दु भाषा पढ्न गएका थिए । उनी लकडाउनभन्दा केही दिनअघि मात्र उत्तर प्रदेशबाट घर आएको पाइएको छ । यस्तै, बहिनी–ज्वाइँ गाईघाट बजारमा जुत्ताचप्पलको व्यापार गर्दै आएका थिए । लकडाउनका कारण बजार बन्द भएपछि उनीहरु माइती घरमा बस्दै छन् ।

बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल उनीहरु क्वारेन्टाइन्मा रहेको र अस्पताल ल्याउने तयारी गरिरहेको बताए ।

नेपालमा बुधबारसम्म देशभरी आरडीटी विधिबाट ३१ हजार ४ सय २० परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ११ नमुना परीक्षण भएका छन्। हालसम्म दुवै आरडीटी र पीसीआर विधिबाट ४० हजार ४ सय वटा परीक्षण भएका छन् ।

आइसोलेसनमा देशभरी ९५ जना रहेका छन् । काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९२ जना छन् । क्‍वारेन्टाइनमा ८ हजार ५ सय ९५ जना रहेका प्रवक्ता देवकोटाले जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...