भारतीय सीमामा अड्किएका नेपालीलाई नेपाल ल्याउने तयारी

Sima naka

काठमाडौं । भारतीय सीमामा रहेका नेपालीलाई नेपाल ल्‍याइने भएको छ त्यसका लागि सरकारले आवश्यक गृहकार्य थालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री कपी शर्मा ओलीले भारतमा विचल्नीमा परेका र सीमा आसपासमा बसेका नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए । बैठकमा नेकपा अध्‍यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति थियो । उनले भने सांसदहरूसँग छलफल गरेनन् । प्रधानमन्त्री ओलीले मात्रै सांसदहरूलाई सम्बोधन गरेका थिए ।

सांसदहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले लकडाउनका कारण नेपाल–भारत सीमामा अड्किएका नेपालीलाई ल्‍याउनेबारे प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको झपट रावलले जानकारी दिए । पारिपट्टी बसेकाहरूका प्रक्रिया पुरा गरेकाहरूलाई नेपाल ल्‍याउँदा उनीहरुको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याउने पक्षमा ओली पुगेका छन् ।

बाहिरबाट आउँदा नेपाल झन असुरक्षित हुने भएकाले लकडाउनलाई थप कडाई गर्ने बताउँदै आएका प्रधानमन्त्री ओलीले सुरक्षित ढंगले ल्‍याउने र उनीहरुको नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने र स्‍वास्‍थ्‍य परीक्षण लगायतको व्‍यवस्था स्थानीय प्रशासनले गर्ने गरी तयारी भइरहेको बताए ।

कोरोनाको संक्रमण फैलिएसँगै नेपालमा लकडाउन गरेपछि सयौं नेपाली अझैं भारतीय सीमामा बसेका छन् । सीमा क्षेत्र खुल्ला भएका कारण लुकिछिपी नेपाल आउने क्रम जारी रहेकाले उनीहरुलाई बरु अलपत्र अवस्थामा रहेकाहरुलाई नेपाल ल्याउन सरकारले यस्तो तयारी थालेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...