कोरोनालाई जिते धादिङका १९ वर्षीय युवाले

Corona 6

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित धादिङका युवक २८ दिनपछि निको भएका छन् । युएईबाट काठमाडौं आएका ती युवक कोरोना देखिएपछि गत चैत १२ गते टेकु अस्पतालमा भर्ना भएका थिए ।

युएईबाट आएका ती युवकमा पनि लक्षण नै नदेखिइ कोरोना भएको थियो । यसअघि त्यही अस्पतालमा उपचाररत काठमाडौंकै १९ वर्षीया युवती कोरोना संक्रमण निको भएर आइतबार मात्रै घर फर्किसकेकी छन् ।

अहिले टेकु अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका बिरामीमा धादिङका ३२ वर्षीय युवक मात्रै बाँकी छन् । उनमा रोगका सबै लक्षण हटिसकेर पछिल्लो रिपोर्ट‍ नेगेटिभ आएपछि घर पठाउन लागिएको हो ।

ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीका अनुसार ती युवकको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । ‘उनी २८ दिन लामो उपचारपछि कोरोनाबाट मुक्त भएका छन्’ उनले भने, ‘उनलाई डिस्चार्जका लागि धादिङस्थित उनको परिवारसँग सम्पर्क गरिरहेका छौं । परिवारका सदस्य आउनेबित्तिकै आज या भोलिसम्म डिस्चार्ज गछौं ।’

यससँगै नेपालमा कोरोना लागेर निको हुनेको संख्या ६ पुगेको छ । अहिले ३६ जना कोरोना संक्रमित विभिन्‍न अस्पतालमा उपचाररत छन् । सबैभन्दा धेरै २४ जना उदयपुरका संक्रमित विराटनगर र धरानको अस्पतालमा उपचाररत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...