ओली र प्रचण्डबीच एक घण्टा बालुवाटारमा भेट, आखिर भयो के ?

Oli prachanda

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक घण्टा लामो छलफल भएको छ । दुई अध्यक्षबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पारित गरेपछि दुई अध्यक्षबीच विवाद बढेको थियो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधबार विहान छुट्टा छुट्टै वक्तव्य जारी गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकै दिन अध्यक्षद्धयले फरकफरक विज्ञप्ती निकाल्दा पार्टी विभाजनको अवस्थामा पुगेको आँकलन गरिएको थियो । पछिल्लो विकसित राजनीतिक घटनाक्रममले गर्मागर्मी बढेका बेला ओली र प्रचण्डबीच भेटघाट भएको हो ।

छलफल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी मन्त्रीपरिषद् बैठकबाट अध्यादेश पारित गरेका थिए ।

नेकपाको स्थापना दिवसमा दुई अध्यक्षले अलग अलग वक्तव्य निकाल्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । तर, अलग अलग वक्तव्य निकालेका नेकपाका दुई अध्यक्ष छलफलमा जुट्नुलाई नयाँ सहमतिको खोजिको रुपमा लागेको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...