आफुखुसी राहत बाँड्न नपाउँदा शाहीले सिडियोलाई धम्क्याएको खुलासा

Gyanendra shahi

ललितपुर । हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाहीलाई मंगलबार राती १० बजे पक्राउ गर्दा मात्रै लकडाउनको उलंघन गरेको भनिएको थियो । तर, शाहीले प्रमुख जिल्ला अधिकारीलाई आफुखुसी राहत बाड्न नपाउँदा पटकपटक धम्क्याउने गरेको रहस्य खुलेको छ ।

शाहीले केही दिनदेखि राहत वितरण गर्दै आएका थिए । लकडाउनको समेत उल्लंघन गर्दै उनले जथाभावी राहत वितरण गरेपछि स्थानीय प्रशासनले स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर राहत बाँड्न आग्रह गरेका थिए । तर, उनले मनपरी राहत बाँड्न नपाएपछि शाहीले सामाजिक सञ्जालमार्फत ललिपतुरका सिडियो भागिरथ पाण्डेको नम्बर सार्वजनिक गरेका थिए ।

राहत वितरण गर्न नपाएपछि आक्रोसित बनेका शाहीले प्रेस विज्ञप्तिसमेत निकालेका थिए । त्यतिमात्रै होइन, फेसबुक लाइभमा आएर सिडियोको नम्बर सार्वजनिक गर्दै राहत वितरणमा दवाव दिन भनेका थिए । उनको सो भिडियो सार्वजनिक भएसँगै पाण्डेलाई देश विदेशबाट फोनमा धम्क्याउने, मेसेजहरु पठाएर धम्की दिने क्रम बढेको थियो ।

सिडयोलाई पटकपटक धम्की आउन थालेपछि प्रहरीले निगरानी बढाएको थियो । बेलुका डेरामा आएपछि उनी पक्राउ परे । सिडियोलाई नै थ्रेट गरेपछि उनी मंगलबार राति १० बजे उनको डेराबाट नै पक्राउ परे हुन् ।

शाहीको साथमा शक्तिराज शाही पनि पक्राउ परेका छन् । शक्तिराज ज्ञानेन्द्रका घरपेटी हुन् । उनी ज्ञानेन्द्रका चालक समेत रहेको प्रहरीले जनाएको छ । शक्तिराज चितवनमा कुटिएका समेत थिए ।

शाहीको भिडियो सन्देशपछि सिडियो पाण्डेलाई फोन, मेसेजमार्फत धम्की दिनेबारे पनि प्रहरीले अनुसन्धान थालेको छ । देशका विभिन्न स्थानबाट धम्की दिनेबारे नेपाल प्रहरीको साइबर व्यूरोको समन्वयमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ भने विदेशबाट धम्की दिनेहरुबारे इन्टरपोलमार्फत उनीहरुलाई पक्राउ गर्नेबारे प्रक्रिया अघि बढाउने तयारीमा प्रहरी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...