जनविरोधी शक्तिसँग जुधेर कम्युनिष्ट आन्दोलनले उचाइ लियो : ओली

Kp oli

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थापनाको सात दशकमा नेपालमा असाधारण उपलव्धी हासिल भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी एकता थप सुदृढ हुने र अन्तिम निष्कर्षमा पुग्ने विश्वास लिएको पनि बताएका छन् । नेपाल कम्‍युनिस्ट पार्टी स्थापना भएको ७१ वर्ष पुगेको अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले लेनिन जयन्ति तथा पार्टी स्थापना दिवसले दुई वर्षदेखि जारी पार्टी एकता प्रक्रिया अन्तिम निष्कर्षमा पुऱ्याउन प्रेरणा दिने बताएका हुन् ।

अध्यक्ष ओलीले सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोगमार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको बताएका छन् ।

ओलीले जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको बताए । नेकपाले पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउादै एकता, पुनर्गठन र सुदृढ एकताको ‘महान अभियान’लाई अघि बढाएको पनि ओलीले दाबी गरे ।

कम्‍युनिस्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन सञ्चालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको उनको दावी छ ।

प्रधानमन्त्री ओलीले पार्टी एकता अन्तिम निष्कर्षमा पुग्‍ने विश्‍वास गरेको बताए पनि नेकपाभित्रको आन्तरिक किचलो भने उत्कर्षमा पुगेको छ । दुई दिनअघि राष्ट्रपति विद्यादेवी भण्‍डारीले जारी गरेका दुई विवादास्पद अध्यादेशका कारण नेकपाभित्रको आन्तरिक विवाद सतहमा आएको हो ।

वक्तव्यको पूर्ण पाठ
‘आज अप्रिल २२ (वैशाख १० गते), ७१ बर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आज अप्रिल २२, आजकै दिन विश्वमा दूरगामी महत्वको परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो ।

यस विशेष दिनको अवसरमा म विश्व क्रान्तिका नायक, भ्ला।ई।लेनिनप्रति भावपूर्ण श्रद्धासुमन र सम्मान व्यक्त गर्दछु । पार्टी स्थापना भएको आजको विशेष दिनमा म संस्थापक महासचिव कमरेड पुष्पलालको नेतृत्व र पहलकदमीको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

सात दशकको अवधिमा लेनिनले स्थापना गर्नुभएको सोभियत संघ विघटन भयो । तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशक भित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो ।

वितेका यी बर्षहरुमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आयो । अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरह्यो । पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाइ अघि बढायो ।

सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो । कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि हो ।

पार्टी स्थापनाको यस अवसरमा संस्थापक सदस्यहरुका साथै अग्रणी विचारकप्रति उच्च सम्मान व्यक्त गर्दछु । सात दशक लामो आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने आदरणीय सहिदहरु, निष्ठापूर्वक निरन्तर समर्पित कमरेडहरु र हसिंया हथौडाअंकित झण्डामुनि गोलबन्द भई संगठित रुपमा योगदान गर्ने न्यायप्रेमी जनसमुदायहरुको उच्च सम्मान गर्दछु ।

लेनिन जयन्ती तथा पार्टी स्थापाना दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई बर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।

नेकपामाथि भरोसा गर्दै विश्वास तथा साथ–सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनताप्रति म हार्दिक कृतज्ञता समेत जाहेर गर्दछु ।

१० वैशाख २०७७

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...