उपन्यासकार पिटरको निधन, बिहीबार अन्तिम संस्कार गरिने

Peter j karthak

काठमाडौं । उपन्यासकार तथा बरिष्ट पत्रकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा बुधबार बिहान ५ः३० मा हृदयघातका कारण निधन भएको छ ।

क्यान्सर रोगको आशंकामा परीक्षणहरु जारी रहे पनि ‘डाइग्नोसिस’ पूरा नभएकै अवस्थामा बुधबार बिहान अस्पतालमा निधन भएको छ । स्वास्थ्य अवस्था अलिक बिग्रिएपछि थापाथली निवासबाट मंगलबार मात्रै हरिसिद्धि अस्पताल लगिएको थियो ।

पिटर लामो समयसम्म द काठमाण्डू पोस्ट, रिपब्लिका लगायतका अंग्रेजी दैनिक पत्रिकामा साहित्यिक सम्पादकका रुपमा आबद्ध थिए ।

पिटरले लेखेको ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ उपन्यासले २०३४ सालमा साझा पुरस्कार पाएको थियो । उनको यही पुस्तकको अंग्रेजी अनुवाद ‘एभ्री प्लेस एभी्र पर्सन’ पनि प्रकाशित छ । उनको ‘काठमांड्रुइड्स’ नामको अंग्रेजी उपन्यास र नेपाली संगीतका प्रमुख साधकको संस्मरणमा आधारित ‘नेपाली म्युजिक मेकर्स’ पनि प्रकाशित छ ।

भारतको सिलोङमा जन्मेका पिटरले दार्जीलिङ आएर पढाइ जारी राखेका थिए । दार्जीलिङ छँदा अम्बर गुरुङ, शरण प्रधान, अरुणा लामा, पजतेन्द्र बर्देवाजस्ता संगीत साधकको संगतमा वाद्यवादक बनेर हिँडेका उनी केही समय ‘संगम ब्यान्ड’मा पनि संलग्न रहे ।

दार्जीलिङदेखि काठमाडौंसम्मको बसाइमा अम्बर गुरुङ, इन्द्रबहादुर राई, शंकर लामिछाने, भूपी शेरचनजस्ता अब्बल स्रष्टाहरुको साथ संगतले आफूलाई सिर्जनालाई निखारेका थिए ।

पिटरका जेठा छोरा जिमी र श्रीमती रन्जना काठमाडौंमा छन् भने कान्छा छोरा रिकी अमेरिकामा छन् । जिमीका अनुसार पिटरको शवलाई बुधबार टिचिङ अस्पतालमा राखिने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...