मदजुर बोकेको बस बिहानै रामेछापमा दुर्घटना, २८ जना घाइते

Accident logo

मन्थली । लकडाउनपछि समस्यामा परेका मानिसलाई लिएर आउँदै गरेको बस मन्थलीमा मिनीबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

काठमाडौँबाट दोलखाको जफे जाँदै गरेको बा २ ख ६८१८ नम्बरको मिनीबस मन्थली नगरपालिका–६ कुनौरीमा बुधबार बिहान दुर्घटना भएको हो ।

गाडीमा बालबालिकासहित करिब ४० जना रहेको बताइएको छ । ब्रेक फेर भएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। काठमाडौंमा रहेका मजदुरहरुलाई गाउँसम्म लाने तयारीमा थियो ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र केही घाइतेलाई काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामोछापले जनाएको छ । सामान्य घाइते भने उपचारपछि डिस्चार्ज भएका र बाँकी घाइतेको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस