अपरान्हपछि मेघगर्जन, चट्याङ, र हावाहुरीसहित वर्षाको सम्भावना

Weather nepal

काठमाडौं । अहिले देशभर स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव कायम रहेको छ । पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहेको छ ।

देशका पहाडी भू–भागका धेरै स्थान, मध्य र पूर्वी तराईका केही स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज राती देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

पहाडी भू–भागका एक, दुई स्थान र पूर्वी तराईका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस