बेलायतमा कोरोनाले विजय गुरुङको मृत्यु

Bijay gurung

काठमाडौं । बेलायतमा अर्का एक ४९ वर्षीय विजय गुरुङको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । बेलायतको रेडिङ शहरमा बस्दै गुरुङको रेडिङको ‘रोयल बर्कशायर अस्पताल’मा उपचारकै क्रममा गत आइतबार साँझ मृत्यु भएको हो ।

विगत केही महिनादेखि ढाडको समस्या झेलिरहेका गुरुङको गत डिसेम्बर १० तारिखमा काठमाडौंको ‘ग्राण्डी अस्पताल’ मा अप्रेसन भएको थियो । झण्डै २ महिना आरामपछि फेब्रुअरी पहिलो साता उनी बेलायत फर्किएका थिए ।

कास्की, यान्जाकोट पुर्ख्यौली भएका मृतक गुरुङको पछिल्लो समय पोखराको सैनिक बस्तीमा समेत घर थियो । हङकङ हुँदै बेलायत पुगेका गुरुङ लामो समयदेखि परिवारसहित बेलायतमा बस्दै आएका थिए । उनको परिवारमा श्रीमति र एक मात्र छोरा छन् ।

ढाडकै समस्याका लागि नियमित औषधि सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा अफ्ठेरो भएपछि अप्रिल १३ तारिख आइतबार अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा केही दिन उनलाई ‘भेन्टिलेटर’मा समेत राखिएको थियो ।

प्रतिकृया दिनुहोस