बुधबारदेखि वडाले जोरपाटीमा निःशुल्क खाना खुवाउने

Jorpati news

काठमाडौ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीको पहलमा बुधबारदेखि जोरपाटीमा निःशुल्क खाना खुवाइने भएको छ ।

लकडाउनका कारण समस्यामा परेका नागरिकको दैनिक जीवनयापन सहज होस् भनेर वडा कार्यालयले दैनिक रुपमा निःशुल्क खाना खुवाउन लागेको हो । नयाँबस्ती, बराल पम्प र नारायणटारमा केही दिनअघिदेखि खाना खुवाइँदै आइएको छ ।

वडाले विभिन्न ठाउँमा पुगेर पीडितलाई राहतसँगै जनचेतना समेत जगाइरहेको छ । बाहिरबाट आएकाको तथ्यांक संकलन गर्ने, स्वास्थ्य परीक्षणमा सहजीकरण गर्नुका साथै अत्यावश्यक सामग्रीसमेत वितरण गरिरहेको छ ।

वडाध्यक्ष सुवेदीले वडावासीले कुनै गुनासो नगर्ने गरी काम गरिरहेको दावी गरेका छन् । उनले केही समस्या परे सिधैँ आफूसँग कुरा गर्न पनि वडावासीलाई आग्रह गरेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।

वडाध्यक्ष सुवेदीले वडावासीको दुःखलाई सम्वोधन गर्नु आफ्नो दायित्व भएकाले पटकपटक विभिन्न अभियान चलाउँदै आएको बताए । उनले वडामा लकडाउनका कारण धेरै नागरिक संकटमा परेकाले उनीहरुको विवरण संकलन गर्ने, राहत उपलव्ध गराउनुका साथै अन्य प्रकारका सहयोग गर्दै आएको जनाए ।

नेपाली कांग्रेसनिकट नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्षसमेत रहेका स्थानीय राजु सुनारले नागरिकको दैनिकी समस्यामा पर्दै गएकाले वडाको सक्रियतामा स्थानीय संघसंस्थाको समन्वयमा खाना खुवाउने योजना बनाइएको बताए । उनले वडाध्यक्ष सुवेदीको सक्रियताले वडावासीमा राहत मिलेको दावी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...