कोरोनाको हटस्पट बन्यो उदयपुर, उदयपुरमा मात्रै २४ संक्रमित

Corona updateting

उदयपुर । मंगलबार उदयपुरमा थप ११ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

मस्जिदमा बसेका भारतीय जमातीहरुबाट ती स्थानीयमा कोरोना सरेको अनुमान गरिएको छ । मस्जिदमा बसेका १६ मध्ये १२ भारतीयमा वैशाख ५ गते नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । उक्त मस्जिदमा १२ भारतीय जमातीको समूह र चारजना नेपाली बसेका थिए ।

आज पुष्टि भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ उमेरका पुरुष र ३६ वर्षीय जना र एक जना उमेर नखुलेको महिला छन् ।

उनीहरुमध्ये १३ जनाको अहिले विराटनगरिस्त कोरोना विशेष अस्पतालमा उपचार चलिरहेको छ । उदयपुरको भुल्केस्थित स्थानीय समुदायमै कोरोना फैलिएको पुष्टिसँगै जोखिम बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका बासिन्दामा कोरोना परीक्षण गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप तीन जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ जना गरी जम्मा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यही भुल्केकै एक मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका बासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।

कोशी अस्पतालमा परिक्षण गरिएका ६९ मध्ये ८ जनामा शंकास्पद देखिएको भन्दै मंगलबार बिहान एम्बुलेन्सबाट धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाको अस्पतालले पुष्टि गरेको थियो ।

विराटनगरको ल्याबमा कोरोना पुष्टि भएपछि ‘रि कन्फर्म’ गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पठाइएको थियो। त्यहाँको ल्याबमा पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...