कोटेश्वरमा ‘नो लकडाउन’, गाउँ जानेहरुको लर्कैलर्को (फोटो फिचर)

Kotesor 1

काठमाडौं । लकडाउनका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनिरहेको छ । त्यसमा पनि मुख्य शहरहरुमा बसोबास गर्ने मानिसहरु लकडाउनको मुक्ति खोजिरहेका छन् ।

कतिपय नागरिक खाद्यन्नको अभावले भोकमरी आउने चिन्ताले जतिसक्दो आफ्नो गाउँ जान खोजिरहेका छन् । तर सरकारले पूरै देशमा लकडाउन गरेका कारण घरभित्रै बस्न बाध्य छन् ।

गत चैत ११ गतेदेखि जारी लकडाउन कहिलेसम्म लम्बिने भन्ने अनिश्चित बनेका कारण सयौं किलोमिटर हिडेर घर जान बाध्य भएका छन् । सरकारले लकडाउन पटकपटक गरी थप्दै गएका कारण रोग भन्दा पनि भोकले मरिने हो की भनेर पनि मानिसहरु ज्यान जोखिममा राखेर यात्रा गरिरहेका छन् ।

लकडाउन थप कडाई गर्ने सरकारी तयारी रहे पनि मानिसको यात्रा नरोकिएपछि अघोषित रुपमा खुकुलो बनाएको जस्तो देखिन थालेको छ । मंगलबारको दृष्यले त्यही भन्छ ।

जडिबुटी क्षेत्रमा भने लकडाउन मात्र होइन, मुसलधारे पानीको पर्वाह नगरी मानिसहरू हातमा झोला बोकेर दौडधुप गरिरहेका छन् । उनीहरूमध्ये कतिपयले दुधे बच्चा काखी च्यापेका छन्, कतिपयले बालबालिका डोर्‍याइरहेका छन् ।

पछिल्लो दिनमा स्थानीय तह आफैँले उद्धार गर्ने वा समूह मिलाएर गाडी रिजर्भ गरेर जाने क्रम बढेको छ । कोटेश्वर तथा जडिबुटीमा भेटिएका विद्यार्थीहरूको एउटा समूह पनि यसरी आफैँ गाडी रिजर्भ गरेर गाउँ फर्किन लागेको भेटियो ।

जडिबुटी क्षेत्रमा पुग्नेहरूमध्ये धेरैजसो दोलखा, सिन्धुपाल्चोक र रामेछापका मानिसहरू छन् । रोजगारी तथा अध्ययनका लागि काठमाडौंमा बस्दै आएका उनीहरू लकडाउन लम्बिएपछि घर फर्किन चाहन्थे । तर, गाडी नपाएर रोकिएका थिए ।

तस्विरहरु : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...