भोजपुरका युवामा देखियो आरडीटी रिपोर्ट पोजेटिभ

Corona test kit

भोजपुर । पछिल्लो समय प्रदेश नं. १ कोरोना संक्रमणको सिकार बनेको छ । प्रदेश नं. १ को उदयपुरमा थप ८ २० जना संक्रमित पुष्टि भएको भोजपुरमा एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको मंगलबार द्रुत परिक्षण विधि (आरडीटी) बाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो । गत २०७६ साल फागुन ३० गते साउदीबाट काठमाडौं आएका ती युवक चैत्र ११ गते हतुवागढी आइपुगेका थिए ।

होम क्वारेन्टाइनमा रहेका उनलाई (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

उनको स्वाब संकलन गरेर परीक्षणका लागि बुधबार विहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस