उदयपुरको भुल्केमा थप १ जनामा कोरोना पुष्टि

Corona test

काठमाडौं । उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटा ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्वाब परीक्षण गरिएको हो ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदकै रहेको बताइएको छ । यसअघि मस्जिदमा रहेका १३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

अहिले विभिन्‍न अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ । टेकु अस्पतालमा एक, पर्सास्थित नारायणी क्षेत्रीय अस्पतालमा चार, बाग्लुङको धौलागिरि अस्पतालमा अस्पतालमा एक, सेती अस्पतालमा चार, विराटनगरस्थित कोरोना अस्पतालमा १३ जना र चितवनस्थित कोरोना अस्पतालमा दुईजनाको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...