दलित युवा नेताले दिए कर्णालीमा राहत

Rahat skt 3

सुर्खेत । समाजबादी पार्टीका दुई जना युवा नेताहरुले कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतका अति विपन्न र दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका विपन्न परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।

सो पार्टीका केन्द्रीय सदस्य बल्बिर नेपाली र कर्णाली प्रदेश कोषाध्यक्ष रगबिर मिजारको पहलमा झण्डै तीन लाख रुपैयाँ बराबरको खाद्यन्न सामाग्री वितरण गरेका हुन् ।

उनीहरुले पहिलो चरणमा विदेशमा बस्ने नेपालीहरुबाट संकलन भएको आर्थिक सहयोगबाट खाद्यन्न किनेर विपन्न र दैनिक मजदुरी गरेर खाने २ सय १० घर परिवारलाई राहतस्वरुप खाद्यन्न वितरण गरेका हु्न् ।

पहिलो चरणमा सुर्खेतको भेरीगंगा नगरपालिका क्षेत्रभित्र मात्रै वितरण गरेको भए पनि दोस्रो चरणमा कर्णाली प्रदेशका अन्य जिल्लामा समेत राहत वितरण गरिने बल्बिर नेपालीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...