अमेरीकाले आप्रावासीलाई भिसा नदिने, सयौं नेपाली समस्यामा पर्ने

Donald trump

काठमाडौं । कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकाले अनिश्चित कालका लागि इमिग्रेसन रोक्ने फैसला गरेको छ । कोरोना भाइरसका कारण समस्यामा आएको अर्थव्यवस्था र स्वास्थ्य समस्या समाधानका लागि भन्दै ट्रम्पले यस्तो आदेश जारी गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत यस्तो आदेश घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा अब आउँदो आदेशसम्म आप्रवासीलाई भिसा दिइने छैन । बसेका व्यक्तिले पनि समस्या भोग्नुपर्ने भएको छ ।

अमेरिकाले कुनै प्रकारको इमिग्रेसनमा रोक लगाएको छ । तर यो रोक अस्थायी हो । पछिल्लो एक महिनामा अमेरिकामा १ करोडले आफ्नो रोजगारी गुमाएपछि बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् । त्यसैले ट्रम्पले यो ठूलो कदम उठाएका हुन् ।

सन् २०२० मा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ । त्यसैले पनि उनले आप्रवासीप्रति कठोर कदम चालेको अनुमान गरिएको छ । सुरुमा पनि उनले राष्ट्रवादको नारामा चुनाव जितेका थिए ।

ट्रम्पको नयाँ आदेशले अर्को व्यवस्था नभएसम्म अमेरिकामा रहेका विदेशीले त्यहाँको नागरिक बन्न पाउने छैनन् । संसारभरबाट मानिसहरु अमेरिकामा रोजगारीका लागि वा बिजनेसका लागि जाने गरेका छन् ।

त्यहाँ पुगेपछि उनीहरुले नागरिक बन्नका लागि आवेदन दिने गरेका छन् । अब त्यस्ता लाखौँ व्यक्ति प्रभावित हुनेछन् । त्यहाँको नागरिकता नलिएका हजारौँ नेपाली पनि प्रभावित हुने भएका छन् ।
ट्रम्पले ट्वीमा भनेका छन्, ‘अदृश्य दुश्मनको आक्रमणका कारण जुन अवस्था उत्पन्न भएको छ । उसलाई मध्यनजर गर्दै महान अमेरिकी नागरिकको रोजगारीलाई बचाउनु पर्ने हुन्छ । त्यसैले मैले एक आदेशमा हस्ताक्षर गर्छु, जसले विदेशी व्यक्तिलाई अमेरिका बस्न रोक लाग्नेछ ।’

कोरोना प्रकोप न्यूनीकरण गर्न अमेरिकाले युरोपका धेरैजसो मुलुकसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ । अमेरिकाले क्यानडाबीच मेको मध्यसम्मै सीमा नाका कडा पार्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस