कोरोनाले २४ घण्टामा ५ हजार ३ सय ३९ जनाको मृत्यु

Coronavirus worldchina amer

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ । गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ५ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ ।

२४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १९ सय ३९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ६ लाख ४६ हजार ३ सय ६७ जना उपचारपछि घर फर्किएका छन् भने ५६ हजार ७ सय ६५ जनाको अवस्था गम्भीर छ । विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ ।

२४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १९ सय ३९ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ।संक्रमितको संख्या झण्डै आठ लाख पुगेको छ । अहिलेसम्म त्यहाँ ७ लाख ९२ हजार ७ सय ५९ जना संक्रमित भएका छन् । अमेरिकामा सोमबार एकै दिन २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकापछि अहिलेसम्म इटालीमा धेरैको मृत्यु भएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ । त्यहाँ सोमबार ३ सय ९९ जनाले ज्यान गुमाएका छन् ।

फ्रान्समा अहिलेसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । फ्रान्समा सोमबार ५ सय ४७ जनाले ज्यान गुमाएका छन् । युकेमा साढे १६ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ सोमबार ४ सय ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...