उपत्यकाभित्रका अधिकांस क्वारेन्टाइन प्रगोगविहीन

Corona kharipati

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई अलग्गै वासका लागि देशभर ३० हजार बेडभन्दा बढी क्वारेन्टाइनस्थल तयार गरेको छ । तर सोमबारसम्म तीमध्ये करिब पाँच हजार बेड मात्रै प्रयोगमा छन् ।

अधिकांस क्वारेन्टाइनस्थल प्रभावकारी रूपमा प्रयोगमा नआए पनि कतिपय स्थानमा अझै क्वारेन्टाइनस्थल निर्माण जारी छ । निर्माण भइसकेका अधिकांश क्वारेन्टाइनस्थल भने एकपटक पनि प्रयोग भएका छैनन् ।

सातै प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेका छन् । उच्चस्तरीय समन्वय समितिको १२ चैतको बैठकले प्रदेश र स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

मापदण्डमा संक्रमणको जोखिममा भएका सम्भावित व्यक्ति र समाजलाई रोगबाट बचाउन क्वारेन्टाइन निर्माण र कम्तीमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राखिने व्यवस्था छ ।

काठमाडौं उपत्यकाका विभिन्न क्वारेन्टाइनमा पाँच सय १८ बेड छन् । त्यसमध्ये भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा पहिलोपटक एक सय ७५ जना र दोस्रोपटक ९६ जनालाई राखियो । बाँकी क्वारेन्टाइनस्थलमा छिटपुटबाहेक मानिस राखिएको छैन ।

खरिपाटी क्वारेन्टाइनका दुई सय र तेलकोटमा निर्माण भएका ७० बेड सुविधायुक्त छन् । पाटन स्टाफ कलेजमा एक सय र पशुपति धर्मशालामा ७० बेड तथा कृषि विकास बैंकको तालिम केन्द्र बोडेसहित उपत्यकामा पाँच सय १८ बेडका क्वारेन्टाइन तयारी अवस्थामा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...