प्रदेश ५ का १७ सय मजदुर फर्किए घर

Majdur p 5

काठमाडौं । लकडाउनका कारण उपत्यकामा अलपत्र परेका प्रदेश नं. ५ का करिब १७ सय मजदुर एकसाथ घरतर्फ लागेका छन् । आइतबार साँझ मात्रै प्रदेश नं. ५ कै ४ सय भन्दा बढी मजदुरहरुलाई उपत्यकाबाट उद्धार गरेर घर पठाइएको थियो ।

कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनका कारण अलपत्र परेका प्रदेश ५ का १७ सय मजदुर ३० वटा बसमा सोमबार साँझ घरतर्फ लागेका हुन् ।

सोमबार साँझ घर लाग्नेमा अधिकांश भक्तपुरको विभिन्न इट्टा उद्योगमा काम गर्ने रोल्पा, रुुकम र सल्यानका मजदुर रहेका छन् । ऊर्जामन्त्री वर्षामान पुनको पहलमा उनीहरुलाई घर पडाइएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...