कोरोनालाई जितेर काममा फर्किए नेपाली वैज्ञानिक लाम्गादे

Rayan lamgade

न्युयोर्क । कोरोना संक्रमित नेपाली नेपाली वैज्ञानिक रायन लाम्गादे कोरोना संक्रमणबाट मुक्त भएपछि काममा फर्किएका छन् ।

न्युयोर्कको ब्रुकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समामा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत लाम्गादे कोरोना मार्चको अन्तिमसातादेखि कोरोनाले थलिएका थिए । उनी अप्रिलको दोस्रो साता पूर्णरुपमा निको भएका थिए । अप्रिल ६ मा उनलाई कोरोना संक्रमण भएको ल्याब रिपोर्ट आएको थियो ।

उच्च आत्मबलले भाइरसलाई पराजित गरेर अहिले काममा फर्किएको उनले बताए । उनी अस्पतालमा नै भर्ना नभई घरमा नै आइसोलेसनमा बसेर कोरोना भाइरसलाई पराजित गरेका थिए ।

नेपालको सोलुखुम्बुमा जन्मिएका ४४ बर्षीय रायन श्रीमति र दुईछोरीका साथमा १७ बर्षदेखि अमेरिकाको न्युयोर्कको लङ आइल्याण्डको न्यु हाइडपार्कमा बस्दै आएका छन् ।

उनी झण्डै ७ बर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका ४४ बर्षीय लाम्गादे बु्रकलिनको माउन्ट साइनाई हस्पिटल र न्युयोर्कको नर्थशोर युनिभर्सिटी हस्पिटलमा समेत ल्याब टेक्नोलोजिस्ट र मेडिकल टेक्नोलोजिस्टका रुपमा कार्यरत छन् ।

यी अस्पतालबाट ल्याबमा अहिलेसम्म कोरोना परीक्षण सुरु गरिएको नभए पनि आगामी सातादेखि भने कोरोना परीक्षणको तयारी भइरहेको छ । सबै अस्पतालमा कोरोना परीक्षणका ल्याब तयार गर्नुपर्ने निर्देशन भएपछि केही दिनपछि नै यी अस्पतालमा पनि कोरोना परीक्षण ल्याब संचालन हुनेछन् भने रायन पनि कोरोना संक्रमितको उपचारमा संलग्न हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...