अध्यादेशले अलमलमै टर्‍यो नेकपा सचिवालयको बैठक

Nekapa sachibalaya

काठमाडौं । पार्टी फुटाउन सजिलो हुनेगरी सरकारले सोमबार अध्यादेश ल्याएपछि विभिन्न शंका उत्पन्न भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बसेको छ ।

मुलुक कोरोना महामारीसँग लडिरहेको बेला पार्टीमा छलफल नै नगरी सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेताहरुले विरोध गरेपछि नेकपाले सोमबार साँझ साढे ६ बजे सचिवालय बैठक बोलाएको थियो ।

बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको कारणबारे ब्रिफिङ गरे । त्यसपछि नेताहरुले त्यसमाथि आ–आफ्नो धारणा राखिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै अध्यादेश जारी गरेको सूचना आएपछि सचिवालय बैठक नै प्रभावित बन्यो ।

अध्यादेशलाई महत्वका साथ लिएर छलफल भइरहेको बेला राष्ट्रपतिबाट प्रमाणीकरण भएको खबर आएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यसले स्वाभाविक रुपमा थप छलफल गर्नुको औचित्य रहेन भनेका थिए ।

तर, बैठकपछि जारी विज्ञप्तीमा भने बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिइएको उल्लेख गरिएको छ ।

बैठकपछि श्रेष्ठले बैठकमा सरकारलाई सफल बनाउने र कोरोना भाइरसविरुद्ध लड्न सिंगो राष्ट्र एकजुट भएर लड्न जरुरी रहेको आवश्यकतामा बैठकले जोड दिएको बताए । बैठकमा पार्टी एकतालाई मजबुत गर्ने कुरामा पनि छलफल भएको उनको तर्क थियो ।

बैठकमा विभिन्न कोणबाट छलफल भएको भन्दै प्रवक्ता श्रेष्ठले अपुष्ठ कुरा गरेका थिए । उनले बैठकमा सबै सचिवालयका सदस्यहरूले गम्भीरता पूर्वक अध्यादेशका बारेमा धारणा राखेको बताएपनि के भने भन्ने बारेमा भने कुनै जानकारी दिएनन् ।

यस्तो छ विज्ञप्ती
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा बसेको बैठकमा आज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भयो ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभयो । तत्पश्चात् अरू कमरेडहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ–आफ्नो धारणा राख्नुभयो ।

छलफलकै बीचमा राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएको सूचना प्राप्त भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...