पूर्वमाओवादीबाट बनेका स्थायी कमिटी सदस्यलाई उपत्यका नछाड्न निर्देशन

Prachanda 1

काठमाडौं । सरकारले दल फुटाउन मिल्ने गरी नयाँ अध्यादेश ल्याएपछि नेपाली राजनीति एकाएक तातिएको छ । यसले सत्तारुढ दलमा निक्कै ठूलो हलचल पैदा गराएको छ ।

सरकारले आज बसेको मन्त्रिपरिषदको बैठकमा अध्यादेश ल्याएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीबाट बनेका स्थायी कमिटी सदस्यहरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन् ।

नेकपाको स्थायी कमिटी ४४ सदस्यीय रहेको छ । ४५ सदस्यीय स्थायी कमिटीमा रहेको नेकपामा पूर्वमाओवादी समूहका अग्निप्रसाद सापकोटा सभामुख भएपछि ४४ सदस्यीय भएको हो । जसमा पूर्वमाओवादी प्रचण्ड समूहका १८ जना, ओली समूहका १२ जना, माधव नेपाल समूहको १३ (झलनाथ खनालसहित) र वामदेव गौतम गरी ४४ सदस्यीय रहेको छ ।

पार्टी एकता भएको दुई वर्ष पुग्नै लाग्दासमेत पार्टी एकताको बाँकी सकेको छैन । तर, विवादले जरो गाडिरहेको बेलामा सरकार गरेको अध्यादेश ल्याउने निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारले अध्यादेश ल्याउने निर्णय लिएसँगै तत्कालीन माओवादी केन्द्रनिकट नेताहरुले अध्यक्ष दाहाल निवासमा छलफल गरेका छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच यसअघि सभामुख चयन, अमेरिकी परियोजना एमसिसी, बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने बिषय, उच्चस्तरीय राजनीतिक संयन्त्रको बिषयलाई लिएर विमति देखिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...