हावाहुरीले भत्कायो क्वारेन्टाइन केन्द्र

Qarentine pal

विराटनगर । हावाहुरीका कारण कोरोना संक्रमितलाई राख्न मिक्लाजुङ गाउँपालिका ४ हात्तीमारास्थित सेनाको सूर्यदल गणमा राखिएको क्वारेन्टाइन केन्द्रमा क्षति पुगेको छ ।

सोमबार बिहान आएको हावाहुरीले हुरीले क्वारेन्टाइनमा बनाइएका ४० वटा पाल उडाएर क्षति पुगेको छ । हुरीका कारण बिजुली र इन्टरनेट अवरुद्ध भएको छ। यसैगरी खानेपानीका फिल्टरहरु पनि क्षतिग्रस्त बनेको छ ।

अस्थायी प्रहरी चौकी टाँडीबाट सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पठाएर बुझ्ने र त्यहाँको अवस्था सामान्य बनाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता नायब उपरीक्षक मानबहादुर राईले बताए ।

प्रतिकृया दिनुहोस