आज मन्त्रिपरिषदको बैठक बस्दै, के होला त निर्णय ?

Cabinet miting

काठमाडौँ । अलपत्र मजदुरहरुको उद्दार लगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक भनिएको छ ।

हालसम्म मन्त्रीहरुलाई बैठकका एजेण्डाबारे अवगत गराइएको छैन । तर, आजको बैठकमा अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुनसक्ने बताइएको छ । सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापन लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी ओलीले आइतबार सरकारी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा लकडाउन हटोस् भन्ने पक्षमा आफू रहेको तर त्यसभन्दा अगाडि कोरोना हटाउनुपर्ने बताएका थिए ।

आजको बैठकमा नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुनेछ । कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट नियमित लकडाउन गर्दै आएको छ ।

पछिल्लो समय थपिएको लकडाउन बैशाख १५ गतेसम्मलाई छ । तर आजको बैठकमा लकडाउन छोट्याउने वा लम्ब्याउने भन्ने विषयमा कुनै छलफल नहुने ति मन्त्रीले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...