हेटौडा प्लान नेपालले दियो नगद राहत

Hetauda bajar

हैटौडा । कोरोना भाइरसका कारण दैनिक ज्यालादारी, मजदुर र खाद्य सामग्रीको अभाव भएकाहरुलाई हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा राहतको नाममा खाद्य सामग्रीको सट्टा नगद रकम वितरण भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाका ३, १२, १३, १४, १५ र १९ नम्बर वडाका तीन हजार घरधुरीलाई नगद दुई हजार सातसय ३० रुपैयाँको दरले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान नेपालमार्फत् राहत रकम वितरण गरिरहेको छ ।

लकडाउनको समयमा सरकारले दैनिक ज्यालादारी, मजदुर र खाद्य सामग्रीको अभाव भएकाहरुलाई एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्न दिएको निर्देशन दिएको छ । तर, सो निर्देशन विपरित राडो नेपालले हेटौंडाको आधा दर्जन वडामा राहतको नाममा नगद वितरणको क्रमलाई जारी राखेको छ ।

हेटौंडा उपमहानगरपालिकाले भने आफूहरुले राहत कोषमा रकम जम्मा गर्न आग्रह गर्दासमेत राडो नेपालले आफूहरुको नीति नभएको बताएपछि रकम वितरण गर्न दिइएको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले भने आफूहरुले राहत कोषमा रकम जम्मा गर्न आग्रह गर्दा समेत राडो नेपालले आफूहरुको नीति नभएको बताएपछि रकम वितरण गर्न दिइएको जनाएको छ । मेयर हरिबोल महतले भने हेटौंडामा राहत वितरण गर्न नपाए खण्डमा कालिकोटमा लगेर वितरण गर्छौ भनेपछि नगदै वितरण गर्न दिइएको बताए ।

राडो नेपालका प्रतिनिधि कृष्ण धितालले हेटौंडा उपमहानगरपालिकासँग समन्वयमा टोल विकासको सिफारिसमा वडाले तयार पारेको नामावलीअनुसार आफूहरुले नगद प्रदान गरेको दाबी गरे । उनले संघीय सरकारले तयार पारेको राहतको मूल्य बराबरको नगद आफूहरुले प्रदान गरिरहेको धितालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...