केदार फुड र गन्धर्व समाजले दियो लकडाउन पीडितलाई राहत

Rahat 1

काठमाडौं । गत चैत ११ गतेदेखि जारी लकडाउनले दैनिक ज्यालादारी गर्ने र विपन्न वर्गको जनजीवन आक्रान्त बनिरहेका बेला केदार फुडक्याम्प र गन्धर्व समाजले विभिन्न जिल्लामा खाद्यन्न सामाग्री वितरण गरेका छन् ।

केदार फुडक्याम्पले काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ र तनहुँका विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरलाई एक महिनासम्म पुग्ने खाद्यन्न सामाग्री वितरण गरेको हो ।

कोरोना पीडितको सहयोगका लागि गन्धर्व समाजले त अभियान नै सञ्चालन गरेको छ । सो अभियानमा विदेशबाट आन्ने, मार्गरेट, सान्द्रा, शान्ति र तिज्जे सहभागी बनेका छन् । सो अभियानमा नेपालमा सारंगी सामाजिक उद्धमशिलताबाट केदार गान्धारी, गन्धर्व कला संगठनका अध्यक्ष पुजन गन्धर्व, गन्धर्व समाज नेपालकी उपाध्यक्ष पम्फा गन्धर्व र कोषाध्यक्ष अमृत गन्धर्व रहेका छन् ।

समाजले लामो समयदेखि राजधानी काठमाडौको व्यापारिक केन्द्र ठमेलमा विभिन्न व्यवसाय गर्दै आएका गन्धर्व र अन्य समुदायलाई पनि राहत वितरण गरेको छ ।

दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने श्रमिक, मजदुर, वेसहारा, अशक्त, अपाङ्ग र ईँटा भट्टामा काम गर्ने लगायत २ सय जनालाई राहत वितरण गरेको छ । समाजले एक बोरा चामल, दाल २ केजी, नुन १ केजी, डेड लिटर तेल र ४ वटा साबुन वितरण गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...