आपूर्ति सहज बनाउन मन्त्री भट्ट आफैं सक्रिय

Lekhraj bhatta

काठमाडौं । झन्डै एक महिना लकडाउन हुँदा पनि अत्यावश्यक वस्तुको सहजता खलबलिएको छैन । आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वयं खटिएका छन् ।

त्यो वातावरण बनाउन उनी उद्योगी, व्यवसायी, खुद्रा तथा साना व्यापारी, ढुवानीकर्ता, आपूर्तिकर्ता र तिनका व्यावसायिक संघ, संगठनहरूसँग नियमित छलफल गरिरहेका हुन्छन् । अत्यावश्यकीय दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्तिलाई सहज बनाउन त्यस्ता वस्तु बिक्रीवितरण गर्ने पसल खुला छन् । बिहान र साँझ विशेष भीड हुने त्यस्ता पसल सुरक्षाकर्मीको निगरानीमा सञ्चालन भइरहेका छन् ।

स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागको सक्रियतामा बजार कडाइ गर्दा विगतमा जस्तो कालोबजारी हुन पाएन । निजी क्षेत्रका व्यवसायीले पनि आपूर्ति व्यवस्थापनमा सहयोग गरेको मन्त्री भट्टले बताए । सुरुमा उपभोक्ताले अनावश्यक ग्यास स्टक गर्दा केही अभाव देखिए पनि ग्यास आपूर्ति सहज भएको उनले बताए ।

तरकारी तथा फलफूलको थोक बिक्रीस्थलमा भीडभाड हुन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग समन्वय गरी काठमाडौं उपत्यकाका ११ स्थानबाट थोक बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको छ । ती स्थानमा कलंकी, बाफल, स्वयम्भू, वनस्थली, गोंगबु, वसुन्धरा, गोपीकृष्ण हल, तीनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वर चोक छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...