कोरोना भाइरस चीनले फैल्याएको भए चीन जिम्मेवार : ट्रम्प

Donald trump

काठमाडौं । कोरोना भाइरसको विषयमा पटक पटक ट्रम्प चीनविरुद्ध खनिएका छन् । चिनियाँ भाइरस भन्नेदेखि विश्व स्वास्थ्य संगठनको सहयोग कटौतीसम्मका कदमउनले उठाइसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले कोरोना भाइरस महामारीका लागि चीन जिम्मेवार पाइएमा उसले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

अमेरिकी न्युज च्यानल फक्सले चीनले भाइरसको क्षमता र त्यसविरुद्ध आफ्नो क्षमता परीक्षणका लागि भाइरस फैलाएको समाचार प्रसारण गरेको विषयमा ट्रम्पले आफ्नो धारणा राखेका थिए । उनले कोरोना भाइरस प्रयोगशालाबाट आएको हो कि होइन् भन्ने विषयमा अध्ययन भइरहेको बताएका छन् ।

नियमित ब्रिफिङका क्रममा शनिबार उनले चीन कोरोना भाइरसका विषयमा जानकार रहेको भए उसले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिए । तर अमेरिकाले के गर्छ भन्ने विषयमा उनले प्रष्ट पारेका छैनन् ।

अमेरिकालाई साथ दिएर बेलायतले पनि चीनले कोरोना भाइरस सम्बन्धि कडा प्रश्नको सामना गर्नुपर्ने जनाएको थियो । चीनले भने पश्चिमा आरोपको खण्डन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...