गोरखाको पालुङटारमा ४० जनाको रिपोर्ट नेगेटिभ

Corona test kit

गोरखा । पछिल्लो समयमा कोभिड –१९ (कोरोना भाइरस) को संक्रमण त्रास फैलिइरहेका बेला विभिन्न जिल्लामा कोरोना संक्रमणको परीक्षण तीव्र बनाइएको छ । यसै क्रममा गोरखामा पनि धमाधम परीक्षण भइरहेको छ ।

गोरखाको पालुङटार नगरपालिकामा विभिन्न देशबाट फर्किएका ४० जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट परिक्षण गरिएको छ । तीमध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यसैगरी २ जनाको पिसीआर परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिइन् । पालुङटारमा दैनिकरुपमा ज्यालादारी गरी जिविकोपार्जन गर्दै आइरहेका मजदुर, र विपन्न वर्गका समुदायलाई राहत वितरण गर्ने कार्य जारी रहेको उनले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...