३ सय जना चन्द्रागिरी बस चढेर थानकोटबाट लागे आफ्नो गन्तव्यतर्फ

Bus yatra

काठमाडौं । लकडाउन थप कडा बनाउन लामो दूरीमा पैदल हिँड्‍नेहरुलाई रोक्ने सरकारको निर्णयसँगै उपत्यका र आसपासका जिल्लाबाट स्थायी थाँतथलो हिडेका पश्चिम नेपालका झण्डै ३ सय जनालाई थानकोटबाट गन्तव्यमा पठाइएको छ ।

संघीय सांसद अञ्जना विसंखे, चन्द्रागिरी नगरपालिका र नेकपा चन्द्रागिरीको पहलमा शनिबार राती उनीहरुलाई चन्द्रगिरी यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेतसम्म पठाइएको हो ।

शुक्रबार र शनिबार थानकोटबाट रोकिएका उनीहरुलाई अस्थायी व्यवस्थापनका लागि त्रिभुवन पार्कमा पाल र टेन्ट टाँगेर राखिएको थियो । बाँके, बर्दिया, कैलाली, रुपन्देही लगायतका उनीहरु लकडाउन अनिश्चित बनेपछि पैदलै हिँडेर त्यसतर्फ लागेका थिए ।

तर थानकोट प्रहरीले बाटोमै रोकेर पार्कमा ल्याएर राखेको थियो । त्यसपछि सम्बन्धित जिल्लाका सांसदहरुहरु अलपत्र परेका उनीहरुलाई गन्तव्यतर्फ पठाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए। त्यसपछि गाडीको व्यवस्था मिलाएर पठाइएको नेकपामा स्थानीय नेता तथा अभियान मिडिया संयोजक दिनेश परियारले बताए ।

काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन खोजेकाहरूलाई शनिबार थानकोटमा रोकिएको थियो । करिब तीन सयको संख्यामा रहेका उनीहरूलाई बिहान खाना दिइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...