से १ छ १५४९ नम्बरको ट्रकमा मदिराको पेटी पाइएपछि...

Truck samatiyo

बैतडी । अहिले देश लकडाउनमा छ । यो बेला अत्यावश्यक बाहेकका यातयातका साधन चलेका छैनन् । अत्यावश्यक भए पास लिएर मात्र चलाउन पाइनछ । तर, लकडाउनका बेला खाद्यान्न ढुवानी गर्ने भनी सवारी पास लिएको ट्रकले मदिरा ओसारपोसार गरेको पाइएको छ ।

वैशाख ४ गते धनगढीबाट मेलौली खाद्यान्न ढुवानीका लागि पास लिएको से १ छ १५४९ नम्बरको ट्रकमा मदिरा बोकेको पाइएपछि शनिबार नियन्त्रणमा बैतडी प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ ।

ट्रकबाट विभिन्न ब्राण्डका ४३ पेटी मदिरा बरामद गरिएको उनको भनाइ छ । ट्रक साहु उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले भने, ‘खाद्यान्न ढुवानीका लागि पास लिएको ट्रकले मदिरा ओसारपसार गरेको पाइएपछि हामीले ट्रक नियन्त्रणमा लिएका हौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...