जेठ ७ गतेसम्म विद्युत महसुल तिर्दा जरिवाना नलाग्ने

Barsaman pun

काठमाडौं । आगामी जेठ ७ गतेसम्म विद्युत महसुल नबुझाए पनि कुनै जरिवाना नलाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना नलाग्ने जानकारी दिएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अर्थतन्त्रमा समेत गम्भीर असर परेको वर्तमान परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बबापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको ८३० औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो ।

लकडाउनका कारण विद्युत् महसुल तिर्ने विषयलाई लिएर आम उपभोक्ताहरुमा अन्यौल सिर्जना भएपछि मन्त्री पुनले जेठ ७ गतेसम्म महसुल तिर्दा जरिवाना नलाग्ने प्रस्ट पारेका हुन् । उनले यस विषयमा विद्युत् प्राधिकरण निर्णय गरी सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको समेत बताए ।

‘विद्युत् महसुलका विषयमा सार्वजनिक चासो र चर्चा देखियो । जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना लाग्दैन’, मन्त्री पुनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यसबारे निर्णय र निर्देशन भइसकेको छ ।’

मन्त्री पुनले जेठ ७ गतेसम्म महसुल बुझाउँदा जरिवाना नलाग्ने भए पनि अनलाइनबाट तिर्न सक्नेहरुलाई त्यअघि नै तिरेर प्राधिकरणको वित्तीय जोखिम न्युनीकरणमा सहयोग गर्नका लागि अनुरोध समेत गरेका छन् । ‘अनलाईनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गर्नका लागि सबैमा अनुरोध गर्दछ’, मन्त्री पुनले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...