स्वास्थ्यमन्त्री ढकालले डा. पुनलाई किन मागे लिखित स्पष्टिकरण ?

Dr.sher bdr pun

काठमाडौं । लामो समयदेखि टेकु अस्पतालमा सरुवा रोगीहरुको उपचारमा क्रियाशिल वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनसँग सरकारले स्पष्टिकरण सोधेको छ ।

उनी नेपालका सिमित संक्रमण रोग विशेषज्ञ मध्य सबैभन्दा वरिष्ठ हुन् । कोरोनाभाइरसको उपचारमा दिनरात खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा. पुनलाई लिखित स्पष्टिकरण सोधिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुनलाई विभिन्न संचार माध्याममा राखेका धारणामा प्रश्न उठाउँदै स्पष्टिकरण सोधिएको छ । डा. पुनलाई मन्त्री भानुभक्त ढकालले विभिन्न सञ्चारमाध्यममा आएका उनका भनाईका विषयमा चित्तबुझ्दो जवाफ दिन शुक्रबार लिखित स्पष्टिकरण सोधेका हुन् ।

पुनलाई आइतबार मन्त्रालय बोलाइएको छ । मन्त्री ढकालले पुनलाई केही दिनदेखि मन्त्रालयमै हाजिर गर्न भनेका थिए ।

प्रतिकृया दिनुहोस