मस्जिदमा लुकेका १२ जनाको विराटनगरमा उपचार शुरु

Koshi hospital

विराटनगर । शुक्रबार मात्रै कोरोना संक्रमणको पुष्टि १२ जना भारतीय नागरिकको विराटनगरस्थित प्रादेशिक अस्पतालमा उपचार थालिएको छ ।

१२ जना भारतीय नागरिक उदयपुरको त्रियुगा–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका थिए । उनहिरु लुकेर बसेको सुचनाके आधारमा खोजी गरिएको थियो । उनीहरुको कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विराटनगरस्थित प्रादेशिक अस्पतालमा उपचार थालिएको हो ।

सो अस्पतालमा आइसोलेसनमा राखेर उनीहरूको उपचार सुरु गरिएको र उनीहरुको स्वास्थ्यमा कुनै खरावी नरहेको प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

मन्त्री कार्कीले ट्वीटमा भनेका छन्, ‘हिजो १२ जना कोभिड–१९ पोजिटिभ भेटिएका व्यक्तिलाई हिजो उदयपुरबाट विराटनगर ल्याई उपचार सुरु भएकोछ । नेपालमा अस्तिसम्म १६ जना, हिजो उदयपुरमा १२ जना, चितवनमा २ जना गरी हिजोसम्मको परीक्षणबाट ३० जना संक्रमित भएको पुष्टि भएको छ । सचेत बनौं, आफू बचौं र अरूलाई नि बाँच्न दिऔं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...