प्रिमनसुन शुरु, केही दिन मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

Weather nepal

काठमाडौं । पश्चिमी वायु र प्रिमनसुन सक्रिय भएपछि केही दिन नेपालका अधिकांस स्थानमा मौसम आंशिकदेखि सामान्य बदली देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ ।

बगाङ्लको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रिमनसुन सक्रिय भएकाले अझै दुई/तीन दिन काठमाडौं उपत्यकासहित देशको धैरै जसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई/तीन दिनसम्म अझै प्रायः अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने देखिन्छ ।

उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भइरहेको छ । बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोतिर मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षा हुने गरेको छ ।

अहिले प्रिमनसुन (मनसुन शुरु हुनुभन्दा पहिले) को समय भएकाले यस्तो मौसमी गतिविधि भइरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनमा विशेषगरी स्थानीय वायु सक्रिय हुने हुनाले हावाहुरी चल्ने र चट्याङ पर्ने जस्ता संकेत देखिन्छ । अंग्रेजी महिनाको मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुनी समय मान्ने गरिन्छ ।

शनिबारदेखि देशभर आँशिकदेखि सामान्य बदली रही देशका मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...