कोरोनासँगै देशभर बढ्यो डेंगु संक्रमण, सतर्क रहन आग्रह

Dengu 5

काठमाडौं । कोरोनाको सन्त्रास कायम रहिरहेका बेला मुलुकभर डेंगु संक्रमण फैलिदै गएको छ ।

कोरोना भाइरसका कारण समाज आक्रान्त भएका कारण डेंगु छायाँमा परेको तर कोरोनाको महामारी रोकिने वित्तिकै डेंगुले भयावह रुप लिने भएकाले बेलैमा सचेत रहनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

देशभर १ सय ४६ जनामा डेंगु संक्रमण देखिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रुपन्देहीमा सबैभन्दा धेरै १२ जना, काठमाडौं उपत्यकामा ३ जना तथा अन्य स्थानमा एक, दुई गर्दै संक्रमण फैलिरहेको छ ।

गत भदौमा डेंगुले महामारीको रुप लिँदा १६ बढी मानिस संक्रमित थिए । ६ जनाको ज्यान गएको थियो । हिजो आज ज्वरो आएका मानिसलाई कोरोनाको मात्र नभई डेंगु, मलेरिया, कालाजार, स्क्रवटाइफस जस्ता संक्रमणको समेत परिक्षण गरिनुपर्ने महाशाखाको किटजन्य शाखाका प्रमुख प्रकाशप्रसाद शाहले बताए ।

लकडाउनको सदुपयोग गर्दै आ–आफ्नो घर वरपर पानी जमेका तथा सम्भावित जम्न सक्ने स्थान सफा राखेमा पनि डेंगुको संक्रमणबाट बच्न सकिने चिकित्सकीय सुझाव छ । डेंगुको संक्रमण लामखुट्टेको टोकाईबाट हुने र लामखुट्टेको विकास पानी जम्ने स्थानमा हुने भएकाले घरवर पर त्यस्ता स्थान सफा राख्नुपर्ने हुन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...