बिस्केट जात्रा रोक्न स्वयमसेवक परिचालन

Vaktapur swayamsewak parichalan

भक्तपुर । लम्बिएको लकडाउनलाई कडाइका साथ पालना गराउन भक्तपुरमा स्वयमसेवक परिचालित भएका छन् ।

भक्तपुर नगरका टोलटोलमा ड्रेस (पोशाक) सहित नगरपालिकाबाट स्वयंसेवकहरु परिचालित भएका हुन् ।

लकडाउनको समयमा भइरहेको प्रसिद्ध बिस्केट जात्राका क्रममा टोलटोलमा हुने जात्रापर्वमा लकडाउन नतोडिओस् भनी स्वयमसेवक परिचालन गरिएको हो । जात्राका क्रममा अगाडिका वर्षहरुमा जस्तै लकडाउनको बेवास्ता गरी जात्रा पर्व मनाउन नदिन योजनाअनुसार स्वयमसेवक परिचालन गरिएको छ । भक्तपुरको विस्केट जात्रा गएको चैत २७ गतेदेखि वैशाख ५ गते शुक्रबारसम्म हुनेछ ।

बिस्केट जात्राअन्तर्गत बिहीबार सगुन जात्रा हो । यो जात्राअन्तर्गत नगरभरिका देवीदेवता स्थलहरुमा हजारौ मानिस सहभागी भई बाजागाजा सहितको लावालस्करका साथ सगुन चढाउने चलन छ ।

अगाडिका वर्षहरुमा भए वैशाख ४ गते यो क्रममा नगरभरि सबैतिर हुलका हुल जात्रालुहरु हुने गर्दथे । जात्राका क्रममा अरुबेला एक ठाउँंमा मात्रै भीड हुने तर वैशाख ४ गते नगरभरि नै भीड हुने भएकाले स्वयमसेवक परिचालन गरिएको जनाइएको छ ।

भक्तपुर नगरपालिका वडा नं ९ का अध्यक्ष रविन्द्र ज्याख्वले लकडाउनलाई कडाइका साथ पालना गराउने योजनाअनुसार स्वयमसेवक बिहीबारदेखि वडा–वडामा स्वयमसेवक परिचालन गरिएको जनाए । यो परिचालनलाई भोलिका दिनमा पनि निरन्तरता दिने वडाअध्यक्ष ज्याख्वले सुनाए ।

प्रति वडा ५० पचार जना स्वयमसेवक परिचालित भएको उनले जनाए । नगरमा १० वटा वडाहरु रहेका छन् । उनका अनुसार विहान पाँंचदेखि आठ र बेलुकी पाँंचदेखि सात बजेसम्म वडाका ठाउँंठाउँंमा स्वयमसेवक परिचालित हुनेछन् । दिउँंसो खासै बाहिर ननिस्कने भएकोले दिउँंसो चेकजाँंच मात्रै हुने उनले सुनाए ।

बैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने केन्द्रिय सरकारको निर्णयसँंगै वडावडामा स्वयंसेवक परिचालन गर्ने अवधारणा ल्याएर कार्यान्वयन सुरु गरेको उनले जनाए । यस अनुसार मठमन्दिरमा डोरी अनि नगरपालिकाले टोलटोलबनाएका सार्वजनिक व्यायामशालाहरुमा बास लगाएर बन्द गरिएको उनले जनाए ।

प्रहरी मात्रै नभएर स्थानीय समुदायका परिचित स्थानीय बडाबासीहरु नै स्वयंसेवकका रुपमा परिचालन भएपछि अझ बढी सहज भएको उनले बताए ।

स्वयंसेवकहरुले नगरका चोक, गल्ली, सार्वजनिक स्थल, मठमिन्दर, दोबाटो चोवाटोहरुमा बिजनासक औषधी छर्कनुसाथै कफ्यु जस्तै बाहिर निस्कन कडाई गरेका छन् । स्थानीय वडावडाका जनप्रतिनिधी, स्वयंसेवक, सुरक्षा निकायहरुको सामूहिक सक्रियतामा खटिएका उनीहरुले मन्दिर, सार्वजनिक व्यायामशालालगायतका ठाउँंहरुमा छेकवार पनि लगाएका छन् । वडा नं १ देखि १० सम्म नै बिहीबार दिनभर स्वयकसेवकहरु ठाउँंठाउँंमा खटिएका देखिएका थिए ।

नगरपालिकाले अति आवश्यक कामका लागि घर बाहिर आउनैपर्ने अवस्थाका लागि पास कार्डसमेत घरघरमा बितरण गरेको थियो । घना बस्ती भएको नगरमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी यस्तो ब्यवस्था मिलाइएको जनाइएको छ । भक्तपुर जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बुधबार बसेको बैठकले लकडाउन पालनामा कडाइ गर्ने निर्णय गरिएको थियो ।

प्रतिकृया दिनुहोस