कष्टपूर्ण यात्रा गर्नेलाई घर जान देउ : परिवार दल

Eknartha dhakal

काठमाडौं । नेपाल परिवार दलले जारी लकडाउनका कारण कष्ट भोग्दै पैदल यात्रामार्फत जान गइरहेका नागरिकलाई तत्काल घर जाने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

सो दलले लकडाउनका कारण जीवनयापन गर्न कठिन भएपछि गाउँ जान लागेका नागरिकलाई सहजरुपमा गाउँ जान दिने वातावरण बनाउन सरकारसँग आग्रह गरेको हो ।

सो दलका अध्यक्ष एकनाथ ढकालले शुक्रबार विज्ञप्ती जारी गर्दै यदी घर जान नदिने हो भने अति बिपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खानपानको व्यवस्था गर्न माग पनि गरेको छ । ‘थर्मोमिटर गन’ द्वारा जरोको परिक्षण गरी जरो नदेखिएकाहरुलाई घर फर्किन दिनुपर्छ’ विज्ञप्तीमा भनिएको छ, ‘ज्वरो परीक्षण गरिँदा समस्या देखिए थप परिक्षणको लागी सिफारीस गर्ने व्यवस्था मिलाउनु उचित हुनेछ ।’

परिवार दलले देशको सबै साधनश्रोतको मालिक नागरिक भएकोले यस संकटको घडीमा आफना जनताको लागि सरकारले मन खुलाएर ढुकुटी खोल्नुपर्ने बताएको छ ।

जनताको बाच्न पाउने अधिकारको सम्मान गर्न कोभिड १९ नियन्त्रण तथा रोकथाम कोषमा जम्मा भएको रकमको तुरुन्त सदुपयोग गर्न र सरल तरिकाले राहत वितरण गर्न पनि परिवार दलले माग गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...