कोरोनाको संक्रमणबाट २ जना धनकुटेलीको मृत्यु

Dkt corona 2 mtrityu

काठमाडौं । विश्वप्यापी रुपमा फैलिएको कोरोनाको महामारीका कारण धनकुटाका दुई जना ज्यान गुमाएका छन् ।

बिहिबार अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ६९ वर्षीय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

२००७ साल बैशाख १९ गते धनकुटा –५ माथिल्लो कोप्चेमा जन्मिएका अमात्य सरकारी जागिरे थिए । उनी अढाई वर्षअघि मात्र अमेरीका गएका थिए । उनी अघिल्लो वर्ष मात्रै सासुको मृत्यु हुँदा धनकुटा आएका थिए ।

उनी कान्छा छोरासँग अमेरीकामा बस्दै आएका थिए । उनलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो । उनका एक श्रीमती र ३ छोरा छन् ।

अमात्यको दाहसंस्कार र परिवारलाई सहयोग गर्न अमेरीकास्थित गो फण्डमार्फत रिजउड नेपाली समाजले आर्थिक संकलन शुरु गरेको छ । २० हजार डलरको लक्ष्यसहित गो फण्ड मीमा आर्थिक संकलन अभियान सुरु गरिएको हो ।

न्युयोर्कमा एक महिनाको अवधिमा ८ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ । मृतकमध्ये ५ जनाको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि गरिएको छ भने अन्य ३ जनाको मृत्युको कारण खुलाइएको छैन ।
बुधबार मात्रै छथरजोरपाटी गाउँपालिका वडा नं. १ माक्लुङका ८२ वर्षीय हरिमान गोम्देनको स्थानीय हिलिङडन अस्पतालमा मृत्यु भएको थियो । लण्डनको वेष्ट ड्राइटन्टमा बसोबास गर्दै आएका गोम्देन भूतपूर्व गोर्खा सैनिक हुन् ।

हिजो मात्रै न्युयोर्कमा कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइड निवासी नेपाली पवन मल्लको मृत्यु भएको थियो । झण्डै तीन सातादेखि बिरामी मल्लको हिजो विहान बस्दै आएको अपार्टमेन्टमा नै निधन भएको थियो ।
 

प्रतिकृया दिनुहोस