चितवनका दुई जनामा संक्रमणको आशंका, पुष्टि गर्न नमुना काठमाडौं पठाइयो 

Corona test 1

चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेका चितवनका दुईजना व्यक्तिको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

राप्ती नगरपालिकाका ती दुई जनाको भरतपुरको प्रयोगशालामा कोरोना संक्रमण भेटिएपछि थप पुष्टिको लागि उनीहरुको नमुना परीक्षण गर्न  भरतपुर अस्पतालले दुई नमुना थप परीक्षणको लागि काठमाडौं पठाएको हो ।

अस्पतालबाट परीक्षणका लागि ३६ वटा नमुना भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा पठाएकोमा बिहीबार साँझ ३१ वटाको नतिजा आएको थियो । सुरुमा नतिजा आएको ३१ नमुनामा संक्रमण भेटिएको थिएन । नतिजा आउन पाँचमध्ये राति तीन वटाको नतिजा नेगेटिभ आएको र बाँकी दुईवटा नमुना थप परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको हो ।

भरतपुरमा अहिलेसम्म २१४ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये बिहीबारसम्म २१२ जनाको नतिजा कोरोना भाइरसको संक्रमण नभएको आएको छ । भरतपुर अस्पतालले फागुन १८ गते नै कोरोना रोगको उपचारका लागि पाँच शय्याको आइसोलेसन वार्ड बनाएको थियो ।

अहिले अस्पतालको आइसोलेसन वार्ड ३० शय्याको छ । परीक्षणका लागि नमुना काठमाडौं पठाएका व्यक्तिहरु एक महिनाअघि विदेशबाट आएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...