काठमाडौं आइपुगे औषधि र मेडिकलजन्य सामग्री बोकेका २ वटा वाइडवडी जहाज

Nepal airlince

काठमाडौं । औषधि र मेडिकलजन्य सामग्री बोकेका नेपाल एअरलाइन्सका दुई वटै वाइडवडी जहाज चीनको ग्वान्झाउबाट नेपाल आइपुगेका छन् ।

नेपालका निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन् । यी जहाज बिहीबार ५ बजेर ५४ मिनेटमा साँझ पौने ६ बजे ग्वान्झाउको लागि उडेका थिए ।

एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान ७ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

सामान बोकेर आएको एउटा वाइडबडी जहाजले भने ओभरशुट गरेको छ । धावनमार्ग नजिकै पुगेको बेला पाइलटले ठम्याउन नसक्दा जहाजले ओभरशुट गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

धावनमार्गमा टच हुन थालेको थियो तर पाइलट कन्फ्युज भएपछि जहाज ओभरशुट गराए, हवाइ उडानमा यसलाई सामान्य प्रक्रियाका रुपमा लिइन्छ । ओभरशुट गरेको जहाज भीमफेँदी हुँदै निजगढ माथिको आकाशमा पुगेर फेरि विमानस्थलमा सफल अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...